२२ पुस २०८२ मंगलबार
image/svg+xml
खेल

एसियन पावरलिफ्टिङ च्याम्पियनसिपको तयारी पूरा

नेपालमा शुक्रबारबाट सुरु हुने एसियन पावरलिफ्टिङ च्याम्पियनसिपको तयारी पूरा भएको छ। नेपाली युथ फिटनेस एन्ड केलिसेनिक्सले बिहीबार पत्रकार सम्मेलनको आयोजना गरेर प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जनाएको हो।

आयोजक संस्थाका अध्यक्ष शुकदेव कार्कीले नेपालमा पहिलो पटक आयोजना गर्न लागिएको प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भइसकेको बताए। कार्कीले पावरलिफ्टिङको इतिहासमा पहिलो पटक आयोजना हुन लागेको प्रतियोगितामा नेपालसहित भारत, अस्ट्रेलिया, श्रीलंका, पाकिस्तानलगायत एसियाली मुलुकबाट १ सय २० बढी खेलाडी सहभागी हुन लागेको जानकारी दिए। प्रतियोगितामा पावरलिफ्टिङ, बेन्च प्रेस वन्ली र डेडलिफ्ट वन्ली गरी तीन विधा समावेश गरिएको छ।

हरेक विधामा १६ वटा तौलसमूहलाई समावेश गरिएको आयोजकले जनाएको छ। प्रतियोगितामा कुल १ हजार १ सय ५२ वटा फरक समूहमा सहभागी खेलाडीबीच प्रतिस्पर्धा हुनेछ। प्रत्येक तौल र उमेरसमूहअन्तर्गतको खेलमा पहिलो, दोस्रो र तेस्रो स्थान हासिल गर्न सफल खेलाडीलाई प्रोत्साहनस्वरूप मेडल, ट्रफी र आकर्षक उपहार प्रदान गरिने भएको छ।

नेपालमा पहिलो पटक निजी क्षेत्रको संस्थाले एन्टी डोपिङ परीक्षण गराएर अन्तर्राष्ट्रिय स्तरको एसियन पावरलिफ्टिङ च्याम्पियनसिप आयोजना गर्न लागिएको आयोजकले बताएको छ। प्रतियोगिता तीन दिनसम्म काठमाडौंमा सञ्चालन हुनेछ।

प्रकाशित: ३० श्रावण २०८२ ०९:०० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App