सूचना प्रविधि तथा सञ्चारमन्त्री जगदीश खरेलले सञ्चारमाध्यममा आउने समाचारमध्ये धेरै कम मात्रै तथ्यपरक, सन्तुलित र विश्वसनीय रहेको आफूले पाएको दाबी गरेका छन्। मंगलबार नागरिक फ्रन्टलाइनमा कुराकानी गर्दै मन्त्री खरेलले यस्तो दाबी गरेका हुन्।
‘मलाई भन्ने अनुमति दिनुहुन्छ भने–अधिकांश सञ्चारमाध्यममा आएका समाचार सत्यताको कसीमा त्यसलाई राख्ने हो भने धेरै कम प्रतिशतमात्रै समाचारहरू एक्युरेट छन्, ब्यालेन्समा छन, क्रेडिबल छन्,’ मन्त्री खरेलले भने।
कम मात्रै पत्रकार, कम मात्रै सञ्चारमाध्यमले समाचार सन्तुलित रहेको उनले बताए। कतिपय समाचारमा विचार दिइएको, कतिपय मिडिया ट्रायल पनि हुने गरेको आफूले मन्त्रीको जिम्मेवारीमा रहेर आफूले देखेको पनि मन्त्री खरेलले बताए।
प्रकाशित: २२ पुस २०८२ १९:०१ मंगलबार





