व्यास नगरपालिका-५ मानुङकोटस्थित एक होटलमा आगलागी हुँदा करिब दुई लाख रूपैयाँ बराबरको धनमाल क्षति भएको छ।
व्यास नगरपालिका-१ विज्ञानचौरका शिव ताम्राकार र सोही नगरपालिका-६ बाह्रबिसेका पूर्णबहादुर श्रेष्ठले संयुक्त रूपमा सञ्चालन गरेको होटलमा आगलागी हुँदा उक्त रकम बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकले बताए। स्थानीय र प्रहरीको सहयोगमा आगो निभाइएको थियो।
प्रकाशित: २९ फाल्गुन २०८२ ०९:२८ शुक्रबार





