१७ फाल्गुन २०८२ आइतबार
image/svg+xml
खेल

प्रिमियर लिग : शीर्ष स्थानको आर्सनलले टटनह्यामसँग खेल्दै

इंग्लिस प्रिमियर लिग फुटबलमा आइतबार शीर्ष स्थानको आर्सनलले टटनह्याम हट्सपरसँग प्रतिस्पर्धा गर्दैछ। आर्सनलको गृहमैदान इमिरेट्स स्टेडियममा हुने खेल राति १०ः१५ बजे सुरु हुनेछ।

१२औं चरणका खेल जारी रहँदा आर्सनल २६ अंकमा तालिकाको शीर्ष स्थानमा छ। टटनह्यामविरुद्ध जित निकाल्न सके आर्सनलले दोस्रो स्थानको चेल्सीसँगको दुरी ६ अंकमा पुर्‍याउनेछ। दोस्रो स्थानको चेल्सीको २३ र  तेस्रो स्थानको म्यानचेस्टर सिटीको २२ अंक छ।

जारी सिजन लय समाउन नसकेको टटनह्याम पनि आर्सनलविरुद्ध जित निकाल्दै एकै पटक चार स्थान सुधारको योजनामा देखिएको छ। आठौं स्थानमा रहेको उसको १८ अंक छ। आर्सनललाई पराजित गर्न सके २१ अंकमा चौथो स्थानमा उक्लनेछ।

आइतबार नै हुने अर्को खेलमा राति ७ः४५ बजे एस्टन भिल्ला र लिड्स युनाइटेडबीच प्रतिस्पर्धा हुनेछ। गएरातिको खेलमा म्यानचेस्टर सिटी न्युकासल युनाइटेडसँग २–१ ले पराजित हुँदा चेल्सीले भने बर्नलीलाई २–० ले पराजित गरेको थियो। 

प्रकाशित: ७ मंसिर २०८२ १३:४२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App