इंग्लिस प्रिमियर लिगको म्यानचेष्टर डर्बीमा सिटी विजयी भएको छ ।
इतिहाद स्टेडियममा आइतबार राति भएको खेलमा घरेलु टोली सिटीले म्यानचेष्टर युनाइटेडलाई ३-० गोलले पराजित गरेको हो । यसअघिका दुवै खेलमा लगातार हार भोगेको सिटीको यो दोस्रो जित हो । जितपछि सिटीको अंक भएको छ ।
उसको जितमा अर्लिन हालान्डले दुई र फिल फोडेनले एक गोल गरे । १८औं मिनेटमा फोडेनको गोलबाट सिटीले अग्रता बनाएको थियो । ५३औं मिनेटमा पहिलो गोल गरेको हालान्डले ६८औं मिनेटमा दोस्रो गोल गरे ।
युनाइटेडका आधा दर्जन गोलका अवसर खेल जाँदा फराकिलो हार भोग्न बाध्य भयो । युनाइटेडको यो दोस्रो हार हो । उसको मात्र ४ अंक छ । सिटी आठौं र युनाइटेड १४औं स्थानमा छन् ।
प्रकाशित: २९ भाद्र २०८२ २३:१७ आइतबार





