१२ फाल्गुन २०८२ मंगलबार
image/svg+xml
अन्तर्राष्ट्रिय

थाइल्यान्डको पार्कमा भाइरसका कारण ७२ वटा बाघको मृत्यु

पछिल्लो हप्तामा उत्तरी थाइल्यान्डमा रहेको एक निजी पशु पार्कमा घातक भाइरस र ब्याक्टेरिया सङ्क्रमणका कारण कम्तिमा ७२ वटा बाघको ज्यान गएको अधिकारीहरूले बताएका छन्।

चियाङ माईको प्रान्तीय पशुधन कार्यालयले विज्ञप्ति मार्फत मृत बाघमा परीक्षणबाट अत्यधिक सङ्क्रामक क्यानाइन डिस्टेम्पर भाइरसका साथै श्वास–प्रश्वास प्रणालीलाई असर गर्ने ब्याक्टेरियाहरू पत्ता लगाएको बताएको छ।

बिरामी बाघमा भएको स्वास्थ्य समस्या अन्य जनावरहरूमा भन्दा पत्ता लगाउन गाह्रो हुने जनाउदै परीक्षण गर्दासम्म धेरै ढिलो भइसकेकाले उनीहरूको ज्यान बचाउन नसकिएको राष्ट्रिय पशुधन विभागका निर्देशक सोमचुआन रतनमुङक्लानोनले स्थानीय मिडियालाई बताएका छन्।

टाइगर किङडम, पार्कको वेबसाइटमा उल्लेख भएका सूचनाका आधारमा बाघहरू समयमै परीक्षण र उचित औषधोपचारको अभावमा दुःख र डरको बिचमा मृत्यु वरण गरेको पशु अधिकार सङ्गठन पेटा एसियालाई उदृत गर्दै एएफपीले जनाएको छ। रासस/एएफपी

प्रकाशित: ९ फाल्गुन २०८२ १६:५० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App