३२ असार २०८३ बिहीबार
image/svg+xml
खेल

पोखरा एभेन्जर्सले गर्यो भुर्तेलसहित ७ खेलाडी रिटेन, ५ जनालाई रिलिज

पोखरा एभेन्जर्सले नेपाल प्रिमियर लिग (एनपीएल) सिजन ३ का लागि मार्की खेलाडी कुशल भुर्तेलसहित ७ खेलाडीलाई रिटेन गरेको छ।

टोलीले मार्की खेलाडी तथा कप्तान भुर्तेलसहित अर्जुन कुमाल, दिनेश खरेल, विपिन खत्री, आकाश चन्द, सागर ढकाल र किरण कुमार ठगुन्नालाई आगामी सिजनका लागि निरन्तरता दिएको छ।

एक विज्ञप्ती जारी गर्दै फ्रेन्चाइजले आगामी सिजनका लागि बलियो र प्रतिस्पर्धात्मक टोली निर्माण गर्ने लक्ष्यका साथ आफ्नो कोर समूहलाई कायम राख्ने निर्णय गरेको हो।

यस्तै, टोलीले कृष्ण पौडेल, त्रित राज दास, अभिषेक तिवारी, सन्दीप खत्री क्षेत्री तथा रोहित चन्दलाई रिलिज गर्ने निर्णय गरेको छ।

पोखरा एभेन्जर्सले बलियो र प्रतिस्पर्धात्मक टोली निर्माण गर्ने लक्ष्यका साथ आगामी सिजनको तयारीलाई अघि बढाएको जनाएको छ।

टोली अब एनपीएल सिजन ३ को अक्सनमा केन्द्रित हुने बताइएको छ।

प्रकाशित: ३१ जेष्ठ २०८३ १७:२७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App