१ वैशाख २०८३ मंगलबार
image/svg+xml
खेल

पिएम कप : एपीएफसँग मधेश प्रदेश पराजित

प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा सशस्त्र प्रहरी बल (एपीएफ)ले मधेश प्रदेशलाई ७४ रनले पराजित गरेको छ। 

सोमबार एपीएफले दिएको ३९१ को विशाल लक्ष्य पछ्याएको मधेशले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर ३१६ रन मात्र बनाउन सक्यो। 

मधेशको लागि आदिल आलमले सर्वाधिक ८७ रन बनाए। उनले केवल ४३ बलमा उक्त रन बनाएका हुन्। सो क्रममा उनले ८ छक्का र ६ चौका प्रहार गरे। त्यस्तै, मधेशका अरनिको यादवले ८६ रनको योगदान दिए। अरनिकोले ७३ बलमा ६  छक्का र ८ चौका प्रहार गरे। त्यस्तै, मधेशका कप्तान अनिल शाह २९ रनमा आउट भए। 

एपीएफको लागि अभिषेक गौतमले ३ विकेट लिए। 

त्यसअघि नारायणी क्रिकेट मैदान वीरगञ्जमा टस हारेर पहिला ब्याटिङ गरेको एपीएफले निर्धारित ५० ओभरमा ५ विकेट गुमाएर ३९० रन बनायो। एपीएफको लागि ओपनर आशिफ शेखले २०८ रन बनाए। १४२ बल खेलेका उनले १५ चौका र १७ छक्का प्रहार गरे। 

त्यस्तै, कप्तान रोहित पाैडेल ५५ रन र सन्दीप जोरा ५६ रन बनाए। मधेशको लागि रुपेश सिंहले ३ विकेट लिए।

प्रकाशित: ३० चैत्र २०८२ १६:३३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App