१ वैशाख २०८३ मंगलबार
image/svg+xml
खेल

पिएम कपः उपाधिका लागि आर्मी र सुदूरपश्चिम भिड्ने

प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको उपाधिका लागि त्रिभुवन आर्मी क्लब र सुदूरपश्चिम प्रदेशले प्रतिस्पर्धा गर्ने भएका छन्।  

त्रिभुवन आर्मी प्रतियोगितामा अपराजित रहँदै फाइनल पुगेको हो। ८ खेलमा ७ मा जित र एकमा बराबरी गरेको आर्मी १५ अंक जोड्दै तालिकाको शीर्ष स्थानमा छ। आर्मीले लिग चरणको आफ्नो अन्तिम खेलमा लुम्बनी प्रदेशसँग खेल्नेछ। 

त्यस्तै, सूदुरपश्चिम प्रदेश १२ अंकसहित तालिकाको दोस्रो स्थानमा रहँदै फाइनल प्रवेश गरेको हो। सूदुरले ९ खेलबाट ६ मा जित निकालेको हो।   

पिएम कपमा फाइनल स्थान बनाएसँगै यी दुई टोलीले जय ट्रफिमा पनि स्थान पक्का गरेका छन्।

पिएम कपमा कूल १० टोली सहभागी छन्। 

प्रकाशित: ३० चैत्र २०८२ १६:५८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App