१ पुस २०८२ मंगलबार
image/svg+xml
खेल

पाकिस्तानले जित्यो त्रिकोणात्मक टी-२० सिरिज

पाकिस्तानले युएईमा सम्पन्न त्रिकोणात्मक टी-२० सिरिजको उपाधि जितेको छ।

आइतबार अफगानिस्तानलाई ७५ रनले पराजित गर्दै पाकिस्तानले उपाधि हात पारे। टस जितेर ब्याटिङ गरेको पाकिस्तानले २० ओभरमा ८ विकेट गुमाएर १४१ रन बनाएको थियो।

पाकिस्तानले दिएको १४२ रनको लक्ष्य पछ्याएको अफगानिस्तानले १५.५ ओभरमा ६६ रन बनाउँदै अलआउट हुन पुगे।

सम्पन्न त्रिकोणात्मक टी-२० सिरिजमा आयोजक राष्ट्र युएई, पाकिस्तान र अफगानिस्तानले सहभागिता जनाएका थिए। यो सिरिज एसिया कपको तयारीका लागि खेलिएको थियो।

एसिया कप भोलिबाट युएईमा सुरु हुँदै छ।

प्रकाशित: २३ भाद्र २०८२ १२:३५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App