नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणका लागि खेलाडी लिलामी (अक्सन) आजबाट सुरु भएको छ। पहिलो दिनकै आकर्षण बनेका युवा ब्याटर देव खनाललाई चितवन राइनोजले सर्वाधिक १५ लाख रुपैयाँमा अनुबन्ध गरेको छ।
श्रेणी ‘ए’ मा रहेका देवलाई किन्न चितवन र लुम्बिनी लायन्स दुवैले अधिकतम रकम लगाएपछि नतिजा गोलाप्रथाबाट टुङ्ग्याइएको थियो। जसमा चितवन भाग्यमानी सावित भयो।
देव श्रेणी ‘ए’ का खेलाडी हुन्। उनको अधिकतम मूल्य १५ लाख र न्यूनतम मूल्य ५ लाख तोकिएको थियो।
यस्तै, श्रेणी 'ए' कै अर्का विकेटकिपर ब्याटर दिलीप नाथलाई लुम्बिनी लायन्सले १० लाख रुपैयाँमा खरिद गरेको छ।
आज दिउँसो ३:४५ बजेबाट सुरु भएको अक्सनमा आठ फ्रेन्चाइज टोलीले खेलाडी अनुबन्ध गर्न प्रतिस्पर्धा गरिरहेका छन्।
नेपाल क्रिकेट संघ (क्यान) ले १५० खेलाडीलाई विभिन्न श्रेणीमा विभाजन गरी अन्तिम सूचीमा राखेको छ।
प्रकाशित: २४ श्रावण २०८२ १६:३४ शनिबार



-600x400-wm.jpg)

