मध्यपूर्व द्वन्द्वको प्रभावमा बालबालिका परेका युनिसेफले जनाएको छ।
मध्यपूर्वमा बढ्दो द्वन्द्व चौथो हप्तामा चलिरहदा लेबनानमा ११८ र कुवेतमा दुई सय भन्दा बढी बालबालिकाको मृत्यु भएको युनिसेफका उपकार्यकारी निर्देशक टेड चाइबानले बताएका हुन्।
उनका अनुसार युद्ध सुरु भएदेखि हरेक दिन औसत लगभग ८७ जना बालबालिका मारिएका वा घाइते भएका छन्। हिंसा जारी रहँदा प्रभावितको सङ्ख्या बढ्ने आशंका गरिएको भन्दै उनले चिन्ता व्यक्त गरेका छन्।
युनिसेफले लामो हिंसा जारी रहेमा मध्यपूर्वमा गहिरो सङ्कट उत्पन्न हुने चेतावनी दिएको छ। निर्दोष बच्चाहरूको मृत्युले जनताको विश्वास कमजोर भई वैज्ञानिक क्षमतामासमेत स्थायी क्षति पुग्ने जनाइएको छ।
प्रकाशित: १० चैत्र २०८२ १९:२८ मंगलबार





