२२ पुस २०८२ मंगलबार
image/svg+xml
खेल

चेस नेतृत्वविरुद्ध अविश्वास प्रस्ताव

नेपाल बुद्धिचाल महासंघको वर्तमान नेतृत्वमाथि अविश्वास प्रस्तावमा दर्ता भएको छ।

नेपाल बुद्धिचाल महासंघको साधारण सभामा कुल एक सय १८ जना सदस्य छन्। तीमध्ये चेसको वर्तमान नेतृत्वविरुद्ध ३६ जनाले अविश्वास प्रस्ताव दर्ता गराएका हुन्।  बुद्धिचाल महासंघकोविरुद्ध अविश्वास प्रस्तावमा ३६ जनाले हस्ताक्षरसमेत गरेका छन्।

महासंघ नेतृत्वले मनोमानी गरेको, फिडेमा प्रतियोगितासम्बन्धि गलत रिपोर्ट पठाएको, नियमित बैठक नराखी मनोमानी निर्णय गरेको, खेलाडी छनोटमा अनियमितता गरेको र फिडे लगायतबाट प्राप्त रकममा अनियमितता गरेको आरोप लागेको छ। सन् २०२४ मा हंगेरीमा भएको चेस ओलम्पियाडमा चेसमा सरोकार नै नभएका व्यक्तिलाई सहभागी गराउने प्रयास गराएको वर्तमान नेतृत्वमाथि आरोप पनि लागेको छ।

महासंघको त्यो हर्कतले खेलाडीको सहभागितासमेत गुमेको थियो। केही दिनअघि राष्ट्रिय च्याम्पियन रूपेस जैसवाल लगायत चार खेलाडीले पत्रकार सम्मेलन आयोजना गर्दै महासंघको नेतृत्वले गलत काम गरिरहेको आवाज उठाएका थिए। त्यसपछि देश भरका खेलाडीको तर्फबाट राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा कारबाहीको मागसहित निवेदन दर्ता भएको छ। महासंघ नेतृत्वले मनोमानी गरेको आरोप छ।  

प्रकाशित: १३ आश्विन २०८२ ०९:४५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App