१५ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
अर्थ

मापदण्ड विपरीत सञ्चालित दुई उद्योगलाई साढे २ लाख जरिवाना

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले मापदण्ड पालना नगर्ने दुईवटा उद्योगलाई साढे दुई लाख रुपैयाँ जरिवाना गरेको छ।

विभागले मंगलबार विभिन्न उद्योग तथा फर्महरूको अनुगमन गर्ने क्रममा कैफियत भेटिएपछि कारबाही गरेको हो।

विभागका अनुसार भक्तपुरको चाँगुनारायण नगरपालिका–२ स्थित मञ्जुश्री प्लास्टिक इन्डस्ट्रिजलाई २ लाख रुपैयाँ र काठमाडौं महानगरपालिका–१६ बालाजु औद्योगिक क्षेत्रमा रहेको श्री पोलिथिन एन्ड प्लास्टिक उद्योग प्रालिलाई ५० हजार रुपैयाँ जरिवाना गरिएको छ।

अनुगमनकै क्रममा भक्तपुर नगरपालिका–२ मा रहेको मानेश्वरी प्लास्टिक उद्योग प्रालिलाई भने व्यवसायसँग सम्बन्धित कागजातसहित तीन दिनभित्र विभागमा उपस्थित हुन निर्देशन दिइएको छ।

साथै, अनुगमन टोलीले अन्य १४ वटा उद्योग तथा फर्मलाई सुधारका लागि सामान्य निर्देशन दिएको छ। उपभोक्ता संरक्षण ऐन, २०७५ तथा उपभोक्ता संरक्षण नियमावली, २०७६ बमोजिम अनुगमन तथा कारबाही गरिएको विभागले जनाएको छ।

प्रकाशित: २२ पुस २०८२ २१:१६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App