२१ श्रावण २०८३ बिहीबार
image/svg+xml
खेल

इंल्यान्डविरुद्धको निर्णायक टेस्टमा न्युजिल्यान्डको गतिलो सुरुवात

इंल्यान्डविरुद्धको तेस्रो तथा निर्णायक टेस्टमा न्युजिल्यान्डको गतिलो सुरुवात गरेको छ।  

नोटिङ्घममा टस जितेर पहिला ब्याटिङ गरेको भ्रमणकारी टोलीले ३४ ओभरको खेलको समाप्तिमा बिना क्षति १३५ रन बनाएको छ। टम लाथम ६३ र डेभोन कोन्वे ६५ रनमा नटआउट छन्।  

३ खेलको शृंखला १-१ को बराबरीमा छ। पहिलो टेस्टमा इंल्यान्ड ११५ रनले विजयी भएको थियो भने दोस्रोमा किविज टोलीले २५३ रनको प्रभावशाली जित निकालेको थियो। 

प्रकाशित: ११ असार २०८३ १९:०१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App