२१ श्रावण २०८३ बिहीबार
image/svg+xml
राजनीति

नेपाल आयल निगमको कार्यकारी निर्देशकमा नागेन्द्र साह

नेपाल आयल निगम लिमिटेडको कार्यकारी निर्देशकमा नागेन्द्र साह नियुक्त भएका छन्। 

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले साहलाई निगमको कार्यकारी निर्देशक नियुक्त गर्ने निर्णय गरेको हो। साहले निमित्त कार्यकारी निर्देशकको रुपमा काम गरेका थिए। साह नेपाल आयल निगमबाटै सेवा निवृत्त भएका थिए। 

साहको नियुक्तिसँगै अब उनले निगमको नेतृत्व सम्हाल्नेछन्। नेपालमा पेट्रोलियम पदार्थको आयात, भण्डारण, वितरण तथा आपूर्ति व्यवस्थापनको जिम्मेवारी रहेको नेपाल आयल निगमको नेतृत्वमा उनको नियुक्तिलाई महत्त्वपूर्ण रूपमा हेरिएको छ।  

प्रकाशित: २१ श्रावण २०८३ ११:५८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App