आईसीसी टी-२० पुरुष विश्वकप अन्तर्गत समूह 'डी' को सम्पन्न खेलमा क्यानाडालाई ८ विकेटले पराजित गर्दै न्यूजिल्यान्ड सुपर ८ मा प्रवेश गरेको छ।
मगंलबार क्यानाडाले दिएको १७४ रनको लक्ष्य पछाएको न्यूजिल्यान्डले १५.१ ओभरमा २ विकेट गुमाएर लक्ष्य पूरा गर्यो।
न्यूजिल्यान्डका लागि ग्लेन फिलिपिसले सर्वाधिक ७६ रन बनाउँदै नटआउट रहे।
त्यसअघि टस जितेर ब्याटिङ गरेको क्यानाडाले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १७३ रन बनाएको थियो। क्यानाडाको ओपनर युवराज सम्रराले विस्फोट ब्याटिङ गरे। ६३ बलको सामना गरेका उनले ११० रन बनाएर आउट भए।
न्यूजिल्यान्डका लागि मेट हेनरीले १ विकेट लिए। यसअघि यो समूहबाट दक्षिण अफ्रिकाले सुपर ६ मा आफ्नो स्थान बनाइसकेको छ।
प्रकाशित: ५ फाल्गुन २०८२ १४:२७ मंगलबार





