२८ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
निर्वाचन विशेष

भक्तपुर-२ : एमालेका बस्नेत रास्वपाका खत्रीभन्दा ६ हजार मतले पछि

क्याप्शन

भक्तपुर निर्वाचन क्षेत्र २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार राजिव खत्रीले अग्रता कायम गरेका छन। 

शुक्रबार साँझसम्मको मतगणना अनुसार खत्रीले नौ हजार ३ सय ४५ मत प्राप्त गरेका छन्। उनले नेकपा एमालेका उम्मेदवार महेश बस्नेतसँग ६ हजार ३ सय २१ मतले अग्रता कायम राखेका छन्।  

बस्नेताले ३ हजार २४ मतसहित खत्रीलाई पछ्याइरहेका छन्। यस्तै काँग्रेस उम्मेदवार कविर राणाले २ हजार १ सय ४९, राष्ट्रिय प्रजातन्त्र पार्टीले २ सय ८३, नेपाली कम्युनिष्ट पाटीले २ सय ४५ र नेपाल मजदुर किसान पार्टी (नेमकिपा)ले २ सय ६९ मत प्राप्त गरेका छन्। 

प्रकाशित: २२ फाल्गुन २०८२ १८:१० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App