प्रतिनिधि सभा निर्वाचन २०८२ अन्तर्गत मोरङ जिल्लाका ६ वटै निर्वाचन क्षेत्रको पछिल्लो मतपरिणाम सार्वजनिक भएको छ। प्राप्त विवरण अनुसार, सबै क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारहरूले फराकिलो अग्रता लिएका छन्।
मोरङ क्षेत्र नं. १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका यज्ञमणि न्यौपानेले ६ हजार ६३९ मतका साथ अग्रता लिएका छन्। उनलाई श्रम संस्कृति पार्टीकी शान्ति पाख्रिन लामाले ५ हजार ३३३ मतले पछ्याइरहेकी छन्। यस्तै, नेपाली कांग्रेसका खड्गबहादुर फागोले ३ हजार ३४५ र नेकपा (एमाले) का घनश्याम खतिवडाले २ हजार ३१६ मत प्राप्त गरेका छन्।
क्षेत्र नं. २ मा रास्वपाका कृष्णकुमार कार्की ५ हजार ७६७ मतका साथ अगाडि रहेका छन् भने एमालेका दीलिपकुमार अग्रवालले १ हजार ९८० र कांग्रेसका मिनेन्द्रप्रसाद रिजालले १ हजार ७१९ मत पाएका छन्।
क्षेत्र नं. ३ मा रास्वपाका गणेश कार्की २ हजार ७८८ मतका साथ पहिलो स्थानमा छन्। उनलाई श्रम संस्कृति पार्टीका अमिर मगरले २ हजार २०० र कांग्रेसका सुनिलकुमार शर्माले २ हजार १३४ मतका साथ पछ्याइरहेका छन्। एमालेका इरनकुमार राईले ६०९ मत प्राप्त गरेका छन्।
उता क्षेत्र नं. ४ मा रास्वपाका सन्तोष राजवंशीले १८ हजार ३० मतका साथ भारी अग्रता लिएका छन्। यहाँ नेपाली कम्युनिष्ट पार्टीका अमनलाल मोदीले ८ हजार ६४, कांग्रेसका गुरुराज घिमिरेले ६ हजार ३२८ र एमालेका जीवन घिमिरेले ३ हजार ६९२ मत प्राप्त गरेका छन्।
क्षेत्र नं. ५ मा रास्वपाकी आशा झा ६ हजार २२५ मतका साथ शीर्ष स्थानमा छिन्। उनलाई जसपाका राजकुमार यादवले २ हजार ९०१, कांग्रेसका फुलकुमार लालवानीले २ हजार ६०५ र नेपाली कम्युनिष्ट पार्टीका शिवकुमार मण्डलले २ हजार १५७ मतका साथ पछ्याइरहेका छन्।
क्षेत्र नं. ६ मा रास्वपाकी रुबिना आचार्यले १८ हजार २८१ मत प्राप्त गर्दै विशाल अग्रता कायम गरेकी छन्। यस क्षेत्रमा नेपाली कांग्रेसका डा. शेखर कोइराला ४ हजार २२१ मतमा सीमित हुँदा एमालेका विनोदप्रसाद ढकालले ३ हजार १६३ र श्रम संस्कृति पार्टीका मातृका पौडेलले २ हजार ६३५ मत प्राप्त गरेका छन्।
प्रकाशित: २२ फाल्गुन २०८२ १८:१९ शुक्रबार





