नेपालले श्रीलंकामा सम्पन्न ११औं खुला अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा चार स्वर्णसहित कुल आठ पदक जितेको छ।
नेपाल वादोरियो कराते डो संघका अनुसार नेपालले चार स्वर्ण, एक रजत र तीन कांस्य पदक जितेका छन्। आबिस्कार श्रेष्ठले स्वर्ण र कांस्य, रियाना खनालले स्वर्ण, आयुश रेग्मीले स्वर्ण र सुसान्त खड्काले स्वर्ण जितेको नेपाल वादोरियो कराते संघका अध्यक्ष हरिशरण केसीले जानकारी दिए।
हर्सित इटानीले रजत, जिवक भट्टराई र कुवेर चौधरीले कांस्य पदक जिते। नेपाली टोलीको प्रशिक्षकमा मुहम्मद अली थिए। कोलम्बोमा भएको प्रतियोगितामा नेपालसहित भारत, युक्रेन, श्रीलंका र सिंगापुर सहभागी थिए।
प्रकाशित: ७ मंसिर २०८२ १०:१७ आइतबार





