१७ फाल्गुन २०८२ आइतबार
image/svg+xml
खेल

नेपाल श्रीलंका ‘ए’सँग अभ्यास खेल खेल्दै

नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीले आज श्रीलंका ‘ए’सँग अभ्यास खेल खेल्दैछ।

मंगलबार (आज) श्रीलंकाको नवालास्थित एसएलडिसि क्रिकेट मैदानमा हुने खेल नेपाली समय अनुसार दिउँसो २:१५ देखि सुरु हुनेछ। नेपालले श्रीलंका ‘ए’ सँग बाँकी दुई अभ्यास खेल पनि खेल्नेछ।

श्रीलंकापछि नेपाली टोली भारत जाने छ, जहाँ टोलीले  भारतमा मुम्बई क्रिकेट एसोसिएसनको टोलीसँग पनि तीन टी-२० आई सिरिज खेल्नेछ। यो अभ्यास खेल विश्वकपको तयारी स्वरूप खेल्न लागेको हो।

पुरुष टी-२० विश्वकप आगामी फ्रबेअरी ७ देखि भारत र श्रीलंकाले संयुक्त रूपमा आयोजना गर्दैछ।

प्रकाशित: ६ माघ २०८२ ११:५३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App