२९ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
खेल

काभा कप पुरुष भलिबलमा नेपाल तुर्कमेनिस्तानसँग पराजित

बङ्गलादेशमा आजदेखि सुरु भएको काभा कप पुरुष भलिबल प्रतियोगिताको पहिलो खेलमा नेपाल तुर्कमेनिस्तानसँग पराजित भएको छ । ढाकास्थित इन्डोर हलमा आज भएको खेलमा नेपाल तुर्कमेनिस्तानसँग सोझो सेटमा पराजित भएको हो ।

तुर्कमेनिस्तानले नेपाललाई पहिलो सेट २५-२२ ले पराजित गरेको छ भने  खेलको दोस्रो सेटमा २५-१८ र तेस्रो सेटमा २७-२५ ले पराजित भएको हो । अब  नेपालले आफ्नो दोस्रो खेलमा भोलि घरेलु टोली बङ्गलादेशसँग खेल्नेछ ।

 

प्रकाशित: ५ कार्तिक २०८२ १६:२२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App