टी-२० विश्वकप एसिया छनोट सुपर सिक्स अन्तर्गत ओमानविरुद्ध नेपालले लगातार विकेट गुमाउने क्रम जारी राखेको छ। उत्कृष्ट सुरुवात गरेको नेपालले तेस्रो विकेटको रुपमा महत्वपूर्ण ब्याट्सम्यान दीपेन्द्रसिंह ऐरीलाई गुमाएको छ।
दीपेन्द्र मात्र ५ बलमा २ रन बनाएर पभेलियन फर्किए। ९.१ ओभरमा नेपालले ६७ रन बनाउँदा तेस्रो विकेट गुमाएको हो। राम्रो सुरुवात गरेको नेपालले लगातार महत्वपूर्ण तीन विकेट गुमाएपछि संकटमा परेको छ।
यसअघि ओपनर आसिफ शेख २० र कप्तान रोहित पौडेल १ रनमा आउट भएका थिए।
दीपेन्द्रको स्थानमा अब कुशल मल्ल ब्याटिङका लागि क्रिजमा आएका छन्। नेपालको इनिङ्स सम्हाल्ने जिम्मा अब अर्को छेउमा टिकिरहेका कुशल भुर्तेल र कुशल मल्लको काँधमा आएको छ।
प्रकाशित: २९ आश्विन २०८२ २१:२६ बुधबार





