२२ पुस २०८२ मंगलबार
image/svg+xml
खेल

संकटमा नेपाल: दुवै ओपनर सस्तैमा आउट

नेपाललाई अर्को झट्का: ओपनर आसिफ शेख पनि आउट

वेस्ट इन्डिजविरुद्धको ऐतिहासिक ट-२० खेलमा नेपालले अत्यन्तै खराब सुरुवात गरेको छ।

ओपनर कुशल भुर्तेललाई गुमाएको केहीबेरमै नेपालले अर्का ओपनर तथा विकेटकिपर आसिफ शेखलाई पनि गुमाएको हो।

खेलको चौथो ओभरको पहिलो बलमा आसिफ शेख मात्र ३ रन बनाएर पभेलियन फर्किए। उनले ४ बलको सामना गरे।

यो समाचार तयार पार्दासम्म नेपालले ३.१ ओभरमा २ विकेटको क्षतिमा १२ रन मात्र बनाएको छ। यसअघि तेस्रो ओभरमा नेपालले कुशल भुर्तेललाई ६ रनमा गुमाएको थियो।

लगातार आफ्ना दुवै ओपनर सस्तैमा गुमाएपछि नेपाल सुरुवातमै ठूलो संकटमा परेको छ।

प्रकाशित: ११ आश्विन २०८२ २०:३६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App