२३ पुस २०८२ बुधबार
image/svg+xml
खेल

मलेसियासँग नेपाल १३ रनले पराजित

मलेसियासँगको पाँच खेलको द्विपक्षीय टि–२० क्रिकेट श्रृंखलाको तेस्रो खेलमा नेपालले पराजय व्यहोरेको छ।

आइतबार बायुमस क्रिकेट ओभल रंगशालामा भएको श्रृंखला अन्तर्गतको तेस्रो खेलमा नेपाल मलेसियासँग १३ रनले पराजित भएको हो। मलेसियाले दिएको १२१ रनकाे लक्ष्य पछाएको नेपालले निर्धारित २० ओभरमा ८ विकेटले गुमाउँदै १०७ रन मात्र बनाउन सक्यो।

नेपालको लागि रुबी पोदारले सर्वाधिक ३१ रन बनाइन्। त्यस्तै, कप्तान इन्दू बर्मा २२ रन बनाउँदै नटआउट रहिन्।  

त्यसअघि टस जितेर ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १२० रन बनायो। मलेसियाकी आइन्ना हमिहाज हसिमले सर्वाधिक ६१ रनको योगदान दिइन्। ५८ बलको सामना गरेकी उनले ५ चौका समेत प्रहार गरिन्। त्यस्तै, नेपालकी कविता जोशी र कविता कुँवरले समान २- २ विकेट लिए।

यसअघि भएको पहिलो खेलमा नेपाल मलेसियासँग ३ रनले पराजित भएको थियो भने दोस्रो खेलमा नेपालले मलेसियालाई ६ विकेटले जितेको थियो। हालसम्म खेलमा मलेसियाले २-१ को अग्रता लिएको छ।

प्रकाशित: १९ आश्विन २०८२ १२:०६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App