१७ फाल्गुन २०८२ आइतबार
image/svg+xml
समाज

बिबिसीले बनाइएको भिडियो "डकुमेन्ट्री" प्रशारण गर्ने रास्वपाका कर्याकर्ता पक्राउ

 राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कार्यकर्ताले बिबिसीले बनाइएको जेनजी आन्दोलनको भिडियो डकुमेन्ट्री जनकपुरमा प्रशारण गरिरहेको अवस्थामा एकजना कार्यकर्ता पक्राउ परेको छ ।

शनिबार जनकपुरको रेल्वे स्टेशनमा बिबिसीले जेनजी आन्दोलन सम्बन्धि भिडियो रास्वपाका प्रोजेक्टरमा प्रशारण गर्न लागेपछि धनुषा प्रहरीले उक्त गाडीसहित एक कार्यकर्तालाई नियन्त्रणमा लिएको धनुषा प्रहरीले जनाइएको छ ।  

धनुषाका प्रहरी प्रवक्ता डिएसपी गणेश बमका अनुसार बी.आर ०१ जी ०१४६७ नम्बरको गाडीमा प्रोजेक्टर लगाएर डकुमेन्ट्री प्रसारण गरिएको थियो। त्यही अवस्थामा प्रहरीले रास्वपाका कार्यकर्ता विकास जयसवाललाई नियन्त्रणमा लिएको छ ।

रेल्वे स्टेशन जनकपुधाम उपमहानगरपालिका-१ मा पर्छ । सो वडा धनुषा निर्वाचन क्षेत्र- ३ मा रहेको छ । त्यहाँ रास्वपाबाट मनिष झा उम्मेदवार छन् ।

यो पनि बीबीसीको वृत्तचित्र: निर्वाचनको मुखैमा सार्वजनिक सामग्री शंकाको घेरामा

 

प्रकाशित: १६ फाल्गुन २०८२ २१:१९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App