२२ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
खेल

कतारविरुद्ध नेपाल पहिले ब्याटिङ गर्दै, टोलीमा आदिल पनि

आइसीसी टी-२० विश्वकप एसिया छनोटको सुपर सिक्स चरणको आफ्नो दोस्रो खेलमा नेपालले आज कतारविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ।

ओमानको अल अमेरोत क्रिकेट स्टेडियममा कतारले टस जितेर पहिले फिल्डिङ रोजेपछि नेपालले ब्याटिङको निम्तो पाएको हो। खेल नेपाली समय अनुसार राति ८:४५ बजे सुरु हुँदैछ।

नेपालले आजको खेलका लागि आफ्नो प्लेइङ-११ मा एक परिवर्तन गरेको छ। स्पिनर ललित राजवंशीको स्थानमा अलराउन्डर आदिल अन्सारीलाई मौका दिइएको छ।

जारी छनोट प्रतियोगितामा नेपाल हालसम्म अपराजित रहेको एकमात्र टोली हो। आइतबार भएको सुपर सिक्सको पहिलो रोमाञ्चक खेलमा संयुक्त अरब इमिरेट्स (युएई) लाई १ रनले पराजित गरेपछि नेपाली टोलीको मनोबल उच्च छ।

नेपाल सोही जितको लयलाई निरन्तरता दिँदै कतारलाई हराएर शीर्ष तीनमा आफ्नो स्थान थप बलियो बनाउन चाहन्छ।

नेपाली टोली

रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, सन्दीप जोरा, गुल्सन झा, सोमपाल कामी, करण केसी, आदिल अन्सारी र अविनाश बोहरा ।

प्रकाशित: २७ आश्विन २०८२ २०:२८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App