२३ फाल्गुन २०८२ शनिबार
image/svg+xml
खेल

नेपाल ‘ए’को शानदार जित : आसामलाई ९६ रनले हरायो

भारतको गुवाहटीमा जारी दोस्रो अभ्यास खेलमा नेपाल ‘ए’ले आसामलाई ९६ रनले पराजित गरेको छ। नेपालले दिएको १७४ रनको लक्ष्य पछ्याएको आसाम १५.२ ओभरमा ७७ रन बनाउँदै अलआउट भयो।

नेपालका लागि युवराज खत्रीले ४ विकेट लिए भने बसिर अहमदले ३ विकेट लिए।

त्यसअघि शुक्रबार टस जितेर ब्याटिङ रोजेको नेपाल ‘ए’ले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १७३ रन बनाएको थियो। नेपालका सन्दीप जोराले ३५ रन बनाए भने पवन सराफले ३१ रन बनाए।  

आसामका लागि आकाश सेन गुप्ताले ३ विकेट लिए। नेपाल पहिलो अभ्यास खेलमा १५ रनले पराजित भएको थियो।  

प्रकाशित: १३ भाद्र २०८२ १४:४४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App