२७ जेष्ठ २०८३ बुधबार
image/svg+xml
खेल

राखेपलाई मन्त्रालयको पत्र : क्यानलाई स्पष्टीकरणसहित आवश्यक कारबाही गर्नू

क्यानले सरकारको नियम पालन गर्छ : क्यान

नेपाल क्रिकेट संघ (क्यान)लाई स्पष्टीकरणसहित आवश्यक कारबाही गर्न खेलकुद मन्त्रायलले राष्ट्रिय खेलकुद परिषद्लाई निर्देशन दिएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेको उजुरीको विषयमा छानबिन गर्न सहयोग नगरेको भन्दै मन्त्रालयले परिषद्लाई उक्त निर्देशन दिएको हो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगमाबाट २०८१-८-१६ र २०८१-११- २१ मा प्राप्त पत्र बमोजिमका उजुरीहरू निरुपण गरी कारबाही किनारा गर्नुपर्ने सो हुन नसकी फाइल अनिर्णित रहेको देखिएकाे जनाएकाे छ।

यस सम्बन्धमा क्यानलाई राखेपले आयोगको पत्र बमोजिम जवाफ र आवश्यक कागजात समेत प्राप्त नभए साेही ऐन दफा २९ बमोजिम किन कारबाही नगर्ने भनि राखेप मार्फत अन्तिम पटक चेतावनीसहितको सर्त पालना गर्न निर्देशसहितको जवाफ माग गरी आवश्यक कारबाही अगाडि बढाउने भनेर यस मन्त्रालय २०८१-१-१४ निर्णय अनुसार आवश्यक कार्यर्थ पठाएको अनुराेध रहेको मन्त्रालय जनाएको छ।

यस बारेमा बुझ्दा क्यानका प्रवक्ता छुम्बी लामाले सरकारको नियम क्यानले पालना गर्ने बताए। 'उहाँहरूले हामीलाई माग गर्नु भएको अनुसार सबै कागजपत्र बुझाउने छौँ र हामी सरकारको नियम पालना गर्ने छौँ,' उनले नागरिकन्युजसँग भने।

यतिबेला क्यानका पदाधिकारीहरू क्यानको वार्षिक साधारण सभाका लागि विराटनगरमा छन्।

प्रकाशित: २७ वैशाख २०८३ १३:४५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App