५ चैत्र २०८२ बिहीबार
image/svg+xml
खेल

मेस्सीको ऐतिहासिक उपलब्धि: करिअरको ९००औँ गोल पूरा

विश्व फुटबल जगत्का स्टार लियोनेल मेस्सीले आफ्नो करिअरको ९००औँ गोल पूरा गरेका छन्।

गएराति भएको न्याशभिलसँगको खेलमा इन्टर मियामीका लागि एक गोल गर्दै मेस्सीले आफ्नो करिअरको ९००औँ गोल पूरा गरेका हुन्। इन्टर मियामी र न्याशभिलले १-१ गोलको बराबरी खेलेका थिए। मेस्सीले खेलको ७औँ मिनेटमा गोल गरेका थिए।

आठ पटकका बालोन डी’ओर विजेता उनले बार्सिलोनाका लागि ६७२ गोल, पेरिस सेन्ट-जर्मेनका लागि ३२ गोल र अर्जेन्टिनाका लागि ११५ अन्तर्राष्ट्रिय गोल गरेका छन्।

४१ वर्षीय पोर्चुगिज सुपरस्टार क्रिस्टियानो रोनाल्डोले आफ्नो ९६५ करिअर गोल गरेका छन्।

प्रकाशित: ५ चैत्र २०८२ ११:५२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App