५ चैत्र २०८२ बिहीबार
image/svg+xml
राजनीति

रास्वपा सभापति लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ लम्बिने

महान्यायाधिवक्ता कार्यालयको निर्णयसम्बन्धी सक्कल कागजात पेश गर्न आदेश

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ थप केही दिन लम्बिने देखिएको छ।  

आज न्यायाधीशहरू सारंगा सुवेदी र सुनिलकुमार पोखरलेको इजलासले लामिछानेको सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी अभियोगपत्र संशोधन गर्ने महान्यायाधिवक्ता कार्यालयको निर्णयसम्बन्धी सक्कल कागजात पेश गर्न आदेश दिएको छ। 

गत ३० पुसमा महान्यायाधिवक्ता सबिता भण्डारी बरालले रवि लामिछानेको हकमा मात्रै आरोपपत्र संशोधन हुने निर्णय गरेकी थिइन्। तर, दुई दिनपछि माघ २ गते भने लामिछानेसहित अरू सबै आरोपितहरूका हकमा आरोपपत्र संशोधन हुने निर्णय गरेकी थिइन्। 

उक्त मुद्दालाई चैत ९ गतेका लागि हेर्न नमिल्ने न्यायाधीश बाहेकको इजलासमा लगाउमा राख्न भनिएको छ। यद्यपि, सर्वोच्चमा पुस ३० गतेको मात्रै निर्णय पेस भएको भेटियो। त्यसपछि न्यायाधीशद्वयले माघ २ मा भएको निर्णय झिकाएर पेस गर्न आदेश दिएको हो।

प्रकाशित: ५ चैत्र २०८२ १८:०० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App