१२ कार्तिक २०८३ बिहीबार
image/svg+xml
खेल

कर्णालीले टस जितेर फिल्डिङ रोज्यो, विराटनगरलाई ब्याटिङको निम्तो

<br>

नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजन अन्तर्गत आजको दोस्रो खेलमा कर्णाली याक्सले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेको छ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा टस हारेपछि विराटनगर किंग्सले पहिला ब्याटिङको निम्तो पाएको छ। खेल साँझ ५ बजेदेखि सुरु हुँदैछ।

कर्णालीले आफ्नो पहिलो खेलमा जनकपुर बोल्ट्सलाई १९ रनले हराउँदै प्रतियोगितामा सुखद सुरुवात गरिसकेको छ। आजको खेल जित्दै कर्णाली आफ्नो अपराजित यात्रा कायम राख्ने लक्ष्यमा मैदान उत्रिनेछ।

अर्कोतर्फ, पहिलो खेलमा चितवन राइनोजसँग ८ रनको झिनो अन्तरले पराजित भएको विराटनगर आजको खेलमार्फत पुनरागमन गर्ने योजनामा छ।

प्रकाशित: १२ कार्तिक २०८३ १६:५६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App