नेपालगन्जमा हुन लागेको लुम्बिनी स्पोटर्स अवार्डको मिति परिवर्तन गरिएको छ। प्राविधिक कारणले आयोजना मिति परिवर्तन गरिएको आयोजक रंगशाला नेपाल मिडिया प्रालिले जनाएको छ।
नेपालगन्जमा खेलाडी र खेलकर्मीको सम्मानका लागि मंसिर १८ गते लुम्बिनी स्पोर्ट्स अवार्डको आयोजना गर्ने तयारी गरिएको थियो। अब छिटै नयाँ मिति केही समयपछि सार्वजनिक गरिने लुम्बिनी स्पोर्ट्स अवार्डका संयोजक चाहना शाहले बताइन्।
आयोजनाको मिति थपिँदा अवार्डलाई थप भव्य बनाउन सहयोग गर्ने लुम्बिनी स्पोटर्स अवार्डका प्रचार प्रसार संयोजक गजे थापाले बताए। खेल र खेलाडीको सहरले परिचित नेपालगन्ज सहरमा आयोजनामा हुने स्पोटर््स अवार्डले प्रदेशस्तरका खेलाडी र खेलकर्मीको योगदानलाई सम्मान गर्ने संयोजक थापाले बताए।
लुम्बिनी स्पोटर्स अवार्डको पहिलो संस्करणमा विभिन्न चार विधामा खेलाडी र खेलकर्मीलाई अवार्ड प्रदान गरिने आयोजकले जनाएको छ। अवार्डमा उत्कृष्ट पुरुष खेलाडी अवार्ड, उत्कृष्ट महिला खेलाडी अवार्ड, उत्कृष्ट प्रशिक्षक र विशेष अवार्ड प्रदान गरिने आयोजकले जनाएको छ।
उत्कृष्ट टिम अवार्डको स्थानमा उत्कृष्ट प्रशिक्षक विधा समावेश गरिएको थापाले जानकारी गराए। अवार्डलाई अन्तर्राष्ट्रिय स्पोटर्स ब्रान्ड केल्मीले सह–प्रायोजन गरेको छ भने उत्कृष्ट पुरुष खेलाडी विधालाई रोयल समृद्धि बिजनेस गु्रप प्रालिले प्रायोजन गरेको छ।
प्रकाशित: १८ मंसिर २०८२ ०८:१८ बिहीबार





