आइसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको खेलमा नेदरल्यान्ड्सले टस जितेर नेपाललाई पहिले ब्याटिङको निम्तो दिएको छ।
नेदरल्यान्ड्सको उट्रेचस्थित मैदानमा घरेलु टोलीले टस जितेपछि नेपालले पहिलो इनिङ्सको सुरुवात गरेको हो। नेपालका लागि ब्याटरद्वय कुशल भुर्तेल र आसिफ सेख क्रजमा छन्।
पहिलो ओभरको समाप्तिमा नेपालले विनाकुनै क्षति २ रन जोडेको छ। हाल क्रिजमा कुशल भुर्तेल ५ बलमा १ रन तथा आसिफ सेख १ बलमा १ रन बनाएर खेलिरहेका छन्।
प्रकाशित: ७ श्रावण २०८३ १४:५७ बिहीबार





