एन्फा प्रेसिडेन्ट लिग फुटबल २०८२ अन्तरगत आइतबार भएको खेलमा लालीगुराँस एसोसिएसन क्लबले ४–० ले हरायो ।
पहिलो हाफमा आशिस गुरुङको गोलमा अग्रता लिएको खेलमा लाली गुराँसले दोस्रो हाफमा थप ३ गोल गरेको हो । गुरुङले दोस्रो हाफमा पनि २ गोल गर्दै ह्याट्रिक पुरा गरे । उनी प्लेयर अफ द म्याच घोषित भए । यम बहादुर श्रेष्ठले अर्को गोल गरे ।
अर्को खेलमा विजय स्पोर्ट्स क्लबले देउराली यूथ क्लबलाई ४–१ ले हरायो । विजयका नीरज चौधरीले ह्याट्रिक गरे । अरुण थापाले थप गोल गरे । देउरालीका उज्ज्वल राईले गोल गरे ।
नीरज प्लेयर अफ द म्याच घोषित भए ।
२ मङ्सिरसम्म हेटौडामा आयोजना हुने लिगमा १० टोलीको सहभागिता छ । सहभागी टोलीमा गाईघाट फुटबल क्लब, देउराली यूथ क्लब, नव जागृति क्लब, चित्लाङ फुटबल क्लब, टाइगर्स टिम टिकालाथाल, जन जागृति युवा क्लब,काँक्रेविहार यूथ क्लब, विजय स्पोर्ट्स क्लब,हैरान्स क्लब र लाली गुराँस एसोसिएसन क्लब छन् ।
लिग कम नकआउटको आधारमा सञ्चालन हुने सो प्रतियोगितामा विजेता टोलीले १० लाख रुपैयाँ पुरस्कार पाउने छ । उपविजेताले ५ लाख रुपैयाँ पुरस्कार पाउने छ ।
सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । दुवै समूहमा शीर्ष दुई स्थान पाउने टोली सेमिफाइनल प्रवेश गर्ने छन् । सेमिफाइनल प्रवेश गर्ने टोलीले राष्ट्रिय लिगमा प्रवेश पाउने छन् । राष्ट्रिय लिग पुस महिनामा हुने छ ।
प्रकाशित: २३ कार्तिक २०८२ २१:४४ आइतबार





