२१ पुस २०८२ सोमबार
image/svg+xml
खेल

कुशल भुर्तेलको अर्धशतक

टी-२० विश्वकप एसिया छनोट सुपर सिक्स अन्तर्गत ओमानविरुद्धको खेलमा नेपाली ओपनर कुशल भुर्तेलले महत्वपूर्ण अर्धशतक प्रहार गरेका छन्।

एकपछि अर्को विकेट गुमाएर संकटमा परेको नेपालको इनिङ्सलाई उनले एक छेउबाट सम्हाल्दै अर्धशतक पूरा गरेका हुन्।

भुर्तेलले ३८ बलको सामना गर्दै ५ चौका र १ छक्काको मद्दतमा आफ्नो अर्धशतक पूरा गरे। राम्रो सुरुवातपछि नेपालले लगातार विकेट गुमाउँदा उनी क्रिजमा टिकिरहे र टोलीको स्कोरलाई अगाडि बढाए।

नेपालले उत्कृष्ट सुरुवात गर्दै पहिलो विकेटका लागि ६१ रनको साझेदारी गरेको थियो। तर, त्यसपछि आसिफ शेख, रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी र कुशल मल्ललाई गुमाएपछि नेपाल संकटमा परेको छ।

संकटको अवस्थामा भुर्तेलले धैर्यतापूर्ण ब्याटिङ गर्दै नेपालको पारीलाई सम्मानजनक स्कोरतर्फ डोर्‍याउने प्रयास गरिरहेका छन्। उनलाई अहिले क्रिजमा आदिल आलमले साथ दिइरहेका छन्।

प्रकाशित: २९ आश्विन २०८२ २१:४५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App