१७ फाल्गुन २०८२ आइतबार
image/svg+xml
समाज

सीमा नाकामा सवारीसाधन सञ्चालनमा निषेध

आसन्न निर्वाचनलाई लक्षित गरेर भारतसँग सीमा जोडिएको कैलाली जिल्लाका सीमा नाकामा यही फागुन १८ गतेदेखि मतदान सम्पन्न नहुञ्जेलसम्म सवारीसाधन सञ्चालनमा निषेध गरिने भएको छ।  

जिल्ला प्रशासन कार्यालय कैलालीले आज जारी गरेको सूचनामा यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न भारतसँग सीमा जोडिएका कैलाली जिल्लाका सम्पूर्ण सीमा नाकामा यही फागुन १८ गते सोमबार राति १२ः०० बजेदेखि फागुन २१ गते मतदान सम्पन्न नहुञ्जेलसम्म एम्बुलेन्स, ट्याङ्कर, दमकल, दूरसञ्चार सेवा, शबवाहन, अस्पताल सेवा तथा विद्युत् सेवाजस्ता अत्यावश्यक र नम्बर प्लेटमा सिडी उल्लेख भएको कूटनीतिक नियोगको सावारीसाधनबाहेक अन्य सवारीसाधन सञ्चालन निषेध गरिएको उल्लेख छ। रासस

प्रकाशित: ११ फाल्गुन २०८२ १९:०४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App