३० जेष्ठ २०८३ शनिबार
image/svg+xml
खेल

काठमाडौंलाई सुरुमै झड्का, आकाश त्रिपाठी शून्यमै आउट

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत पोखरा एभेन्जर्सविरुद्धको खेलमा काठमाडौं गोर्खाजले सुरुमै विकेट गुमाएको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको काठमाडौंका ओपनर आकाश त्रिपाठी शून्य रनमै आउट भएका हुन्।

खेलको पहिलो ओभरको चौथो बलमा पोखराका बलर धनञ्जय लक्षणले उनलाई बोल्ड आउट गरेका हुन्। त्रिपाठीले १ बल मात्र सामना गर्न पाए।

अहिले क्रिजमा बेन चार्ल्सवर्थ र राशिद खान खेलिरहेका छन्। काठमाडौंले १.३ ओभरमा १ विकेट गुमाएर ८ रन बनाएको छ।

प्रकाशित: १८ मंसिर २०८२ ११:५९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App