५ श्रावण २०८३ मंगलबार
image/svg+xml
राजनीति

मन्त्रिपरिषद्का निर्णय : संविधान संशोधन कार्यदलको म्याद थप

मन्त्रिपरिषद्को आज बसेको बैठकले तिन प्रमुख निर्णय गरेको छ। जसमा संविधान संशोधन बहसपत्र तयारी कार्यदलको म्याद थपको साथै सार्वजनिक जग्गा संरक्षणसम्बन्धी प्रतिवेदन कार्यान्वयन र लेखामान बोर्ड अध्यक्ष नियुक्तिको  निर्णय गरेको छ।   

बैठकले संविधान संशोधन बहसपत्र कार्यदलको म्याद २०८३ असार मसान्तसम्म थप गर्ने निर्णय गरेको छ।  त्यसैगरी, सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षणसम्बन्धी उच्चस्तरीय आयोग (रावल आयोग) को प्रतिवेदन–२०५२ कार्यान्वयन गर्न भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई आवश्यक निर्देशन दिने निर्णय गरेको छ। 

साथै अर्थ मन्त्रालयको प्रस्तावमा सिन्धुपाल्चोकका रमेश कुमार थिताललाई लेखामान बोर्डको अध्यक्ष पदमा मनोनयन गर्ने निर्णय गरिएको छ। 

 

प्रकाशित: २९ जेष्ठ २०८३ १५:१६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App