२४ मंसिर २०८२ बुधबार
image/svg+xml
खेल

काठमाडौंले १४ रनमै गुमायो ४ विकेट

नेपाल प्रिमियर लिग (एनपीएल) को एलिमिनेटर खेलमा काठमाडौं गोर्खाजको ब्याटिङ लाइनअप ध्वस्त भएको छ।

पावरप्ले नसकिँदै काठमाडौंले आफ्ना प्रमुख चार ब्याटर गुमाएको छ। १४ रनको स्कोर हुँदा काठमाडौंले चौथो विकेटका रूपमा बेन चार्ल्सवर्थलाई गुमाएको हो।

इनिङ्सको पाँचौँ ओभरको पहिलो बलमै लुम्बिनीका बलर रुबेन ट्रम्पेलम्यानले चार्ल्सवर्थलाई विकेटकिपर निरोशन डिकवेलाको हातबाट क्याच आउट गराए।

चार्ल्सवर्थले ५ बलमा ४ रन मात्र बनाउन सके।

यसअघि शेर मल्ल र रुबेन ट्रम्पेलम्यानले काठमाडौंको ब्याटिङलाई दबाबमा राख्दै लगातार विकेट लिएकान थिए। अहिलेसम्म मल्ल र ट्रम्पेलम्यानले समान २-२ विकेट लिएका छन्।

ताजा अवस्थामा काठमाडौं गोर्खाजको स्कोर ४ विकेटको क्षतिमा १६ रन रहेको छ। अहिले क्रिजमा भिम सार्की र जोन सिम्पसन रहेका छन्।

प्रकाशित: २४ मंसिर २०८२ १६:२७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App