२० फाल्गुन २०८२ बुधबार
image/svg+xml
खेल

कराते टोली मलेसिया जाने

डब्लुकेएफ कराते वान सिरिज ‘ए’ मा सहभागी हुन नेपाली कराते टोली बुधबार मलेसियाको क्वालालम्पुर जाने भएको छ।

मलेसिया कराते महासंघको आयोजनामा अक्टोबर ३ देखि ५ तारिखसम्म हुने प्रतियोगितामा ४ महिला खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्नेछन्। एरिका गुरुङले ६८ केजीमाथि, वर्षा बुढामगर ५० केजीमुनि, सबिना श्रेष्ठले ५५ केजीमुनि र सानुमाया थिङले एकल कातामा प्रतिस्पर्धा गर्नेछन्।

नेपाली टोलीको प्रशिक्षकमा कुशल श्रेष्ठ छन्। तारा गुरुङले निर्णायकको भूमिका निर्वाह गर्नेछिन्। आइतबार एक कार्यक्रमबीच राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङ टोलीलाई सफलताको शुभकामना दिँदै बिदाइ गरेका थिए। उक्त कार्यक्रममा नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठको पनि उपस्थिति रहेको।

प्रकाशित: १३ आश्विन २०८२ ०८:२३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App