२२ माघ २०८२ बिहीबार
image/svg+xml
खेल

जेबी अन्तरविद्यालय बास्केटबल शुक्रबारदेखि

जेबी स्कुलको आयोजनामा दोस्रो जेबी अन्तरविद्यालय बास्केटबल प्रतियोगिता शुक्रबारदेखि हुने भएको छ।

प्रतियोगितामा सिनियर गर्ल्स र जुनियर ब्वाइजमा समान १२–१२ गरी २४ टिमको सहभागिता रहने जेबी स्कुलका प्रिन्सिपल नारायण रोकाले बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए। दुवै विधामा सहभागी टोलीलाई ४ समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइनेछ। हरेक समूहको विजेता र उपविजेता क्वार्टरफाइनलमा पुग्नेछन्। सिनियर गर्ल्समा कक्षा ९ सम्म तथा जुनियर ब्वाइजमा कक्षा ७ सम्म अध्ययनरतले प्रतियोगितामा सहभागी हुन पाउनेछन्।

सिनियर गर्ल्सकाे समूह ‘ए’ मा तेजस्वी एकेडेमी, जेबी र इडेन ब्रिज एकेडेमी (इबिए), समूह ‘बी’ मा आरम्भ, ग्रिनल्यान्ड र मन्जरी, समूह ‘सी’ मा त्रिवेणी, भ्याली पब्लिक र बेलमोन्ट तथा समूह ‘डि’ मा बसुन्धरा नेसनल एकेडेमी (बीएनए), फेरिल्यान्ड र सत्य साइ रहेका छन्।

जुनियर ब्वाइजको समूह ‘ए’ मा आरम्भ, ओएसिस एकेडेमी र पारामाउन्ट एकेडेमी तथा समूह ‘बी’ मा जेबी, स्कोलर्स होम र पारामाउन्ट एकेडेमी रहेका छन्। त्यस्तै बिएमसिए, लालीगुराँस नेसनल एकेडेमी र ओडिसी इन्टरनेनसल एकेडेमी समूह ‘सी’ तथा त्रिवेणी, बिएनए र ग्रिनल्यान्ड समूह ‘डी’ मा छन्।

प्रतियोगिता सञ्चालन गर्न करिब १ लाख ५० हजार रुपैयाँ खर्च हुने आयोजक जेबीकी निर्देशक सुजु थापाले बताइन्। माघ २८ गतेसम्म चल्ने प्रतियोगिताका खेल बुढानीलकण्ठ नगरपालिकाको च्यासिन्डोलस्थित आयोजकै कोर्टमा खेलाइनेछ। पत्रकार सम्मेलनमा जेबीका भाइस प्रिन्सिपल गणेश न्यौपाने र बास्केटबल प्रशिक्षक नारायण सापकोटाले प्रतियोगिताको विविध पक्षबारे प्रकाश पारेका थिए।

प्रकाशित: २२ माघ २०८२ ११:५० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App