१८ फाल्गुन २०८२ सोमबार
image/svg+xml
राजनीति

कानुन मिच्ने कोही उम्किँदैन, ‘बदलिएको कांग्रेस’ ले कसैसँग सम्झौता गर्दैन: गगन

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले कानुन उल्लंघन गर्ने जो कोहीले पनि सजाय पाउनुपर्ने र त्यसमा कांग्रेसले कुनै सम्झौता नगर्ने बताएका छन्।

बिहीबार सामाजिक सञ्जालमा एक भिडियो सन्देश जारी गर्दै उनले यस्तो बताएका हुन्।

‘बदलिएको कांग्रेस, बदल्छौं देश’ भन्ने नारासहित उनले विधिको शासनमा पार्टीको स्पष्ट अडान रहने प्रष्ट पारे।

‘कोही होस्, पावरफुल होस् वा जोसुकै होस्, कानुन उल्लंघन गरेको छ भने उसले सजाय पाउनुपर्छ भन्ने कुरामा कांग्रेसले ‘स्ट्यान्ड’ गर्छ,’ थापाले भनेका छन्, ‘आफ्नो मान्छे होस् वा अर्काको मान्छे होस्, यो वा त्यो नभनीकन विधिको शासनका सन्दर्भमा बदलिएको कांग्रेसले अनकम्प्रमाइजिङ स्ट्यान्ड लिन्छ।’

उनले बदलिएको कांग्रेस (कंग्रेस २.०) को अवधारणाबारे प्रष्ट पार्दै यो केवल अनुहारको परिवर्तन मात्र नभएको जिकिर गरे।

‘बदलिएको भनेको के हो ? एउटा अनुहार बदलिएको वा केही अनुहार बदलिएको मात्र होइन,’ उनले भने, ‘हिजोका सबै नेता खराब हुनुहुन्थ्यो, हामी अहिले असल भन्न खोजेको होइन। हामी नयाँ सोचका साथ आएका छौँ। बदलिएको भनेको सोच बदलिएको हो, संकल्प बदलिएको हो र शैली बदलिएको हो।’

प्रकाशित: २२ माघ २०८२ १८:३५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App