३० जेष्ठ २०८३ शनिबार
image/svg+xml
खेल

जापानी फुटबलर नेपालमा

जापानी तीन बाई तीन राष्ट्रिय टोलीका फुटबलर यासिहिरो नाबेटा नेपाल आइपुगेका छन्।

आगामी जेठ २ गते आयोजना हुने तीन बाई तीन टोलीका फुटबल क्लिनिकका लागि उनी नेपाल आएका हुन् । उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बुधबार अवतरण भएका थिए । विमानस्थलमा टिपटो स्पोटर््स हबका अध्यक्ष गौरव बस्नेत तथा प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुवास न्यौपानेलगायतका पदाधिकारीले नाबेतालाई स्वागत गरे। देशभर ग्रासरुट फुटबल र खेलकुद शिक्षा प्रवर्धन गर्दै आएको टिपटो स्पोर्ट्स एकेडेमीको आयोजनामा हुने क्लिनिकमार्फत नाबेताले नेपाली बालबालिका तथा युवाहरूलाई तीन बाई तीन फुटबलको आधारभूत सीप, आधुनिक प्रविधि र खेलशैलीबारे प्रशिक्षण दिनेछन् । ३५ वर्षीय नाबेता जापानका राष्ट्रिय तीन बाई तीन फुटबल खेलाडी हुन्।

उनले फिफाकै अन्तर्गत हुने यस फरम्याटको विश्वकपसहित विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाइसकेका छन् । उनी जापानी राष्ट्रिय च्याम्पियन तथा ६ राष्ट्र सहभागी एसियाली प्रतियोगिताका विजेतासमेत हुन् । टिपटो फुटबल यात्री अभियानले देशका विभिन्न दुर्गम जिल्लामा फुटबल क्याम्प सञ्चालन गर्दै आएको छ । आयोजकका अनुसार यस कार्यक्रमले नेपालमा तीन बाई तीन फुटबलको विकास र युवा खेलाडीको क्षमता अभिवृद्धिमा सहयोग पुग्ने विश्वास लिइएको छ।

प्रकाशित: ३१ वैशाख २०८३ ०७:४६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App