१ पुस २०८२ मंगलबार
image/svg+xml
खेल

१० ओभरमा जनकपुर संकटमा, काठमाडौंका मिलिन्द चम्किए

नेपाल प्रिमियर लिग (एनपीएल) को उद्घाटन खेलमा साविक विजेता जनकपुर बोल्ट्सले काठमाडौं गोर्खाजविरुद्ध खराब सुरुवात गरेको छ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको जनकपुरले पहिलो १० ओभरको खेल सकिँदा ४ विकेटको क्षतिमा ५६ रन मात्र जोड्न सकेको छ।

त्रिवि क्रिकेट मैदानमा जारी खेलमा जनकपुरका लागि ओपनर आसिफ शेखले एकातर्फबाट पारी सम्हालिरहेका छन्। उनले अविजित रहँदै ३८ रन बनाएका छन्। तर, अर्कोतर्फबाट उनले गतिलो साथ पाउन सकेका छैनन्।

काठमाडौंका लागि भारतीय खेलाडी मिलिन्द कुमारले उत्कृष्ट बलिङ गर्दै जनकपुरको मध्यक्रम धराशायी बनाए। उनले ३ ओभरमा किफायती बलिङ गर्दै ९ रन खर्चेर ३ महत्वपूर्ण विकेट लिए।

उनले लाहिरु मिलन्था, कप्तान अनिल शाह र जान निकोल लोफ्टी-इटनलाई पभेलियन फर्काए। अनिल शाह खाता खोल्न नपाउँदै आउट भए।

त्यस्तै, सन्तोष यादवले १ विकेट लिए। जनकपुरले ३४ रनमा पहिलो विकेट गुमाएको थियो भने ४६ रन पुग्दा चौथो विकेट खेर फालिसकेको थियो।

हाल क्रिजमा आसिफ शेखलाई मयन यादवले साथ दिइरहेका छन्।

प्रकाशित: १ मंसिर २०८२ १६:५४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App