२ चैत्र २०८२ सोमबार
image/svg+xml
खेल

जय ट्रफीको फाइनल मंगलबारदेखि, पुलिस र आर्मी भिड्दै

दोस्रो संस्करणको जय ट्रफी एलिट कपको फाइनल मंगलबारदेखि सुरु हुँदैछ।  

तीन दिवसीय फर्म्याटमा हुने फाइनल खेलमा उपाधिको लागि त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा गर्दैछन्।  

खेल मंगलबार बिहान त्रिवि क्रिकेट मैदानमा बिहान ९ः ३० बजे सुरु हुनेछ।  

प्रतियोगितामा कूल ४ टोलीले सहभागीता जनाएका थिए।  

प्रतियोगिताका समूह चरणका खेलहरु भने एक महिनाअघि नै सकिएको थियो। समूह चरणका खेलहरु भने दुई दिवसीय फर्म्याटमा भएको थियो।

निर्वाचनको कारणले गर्दा नेपाल क्रिकेट संघ (क्यान)ले प्रतियोगिताको फाइनल खेल एक महिना पछाडि सारेको थियो।  

पहिलो संस्करणको जय ट्रफी एलिट कपको उपाधि नेपाल पुलिस क्लबले जितेको थियो।

प्रकाशित: २ चैत्र २०८२ १७:२९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App