१७ फाल्गुन २०८२ आइतबार
image/svg+xml
खेल

विस्फोटक पारी खेलेका इशान किशन ७७ रनमा आउट

क्याप्शन

आइसीसी पुरुष टि-२० विश्वकप २०२६ अन्तर्गत पाकिस्तानविरुद्धको खेलमा उत्कृष्ट ब्याटिङ गरिरहेका भारतीय ओपनर इशान किशन आउट भएका छन्।

श्रीलंकाको कोलम्बोस्थित आर प्रेमदासा स्टेडियममा जारी खेलमा किशन ७७ रनको योगदान दिँदै पभेलियन फर्किएका हुन्।

४० बलको सामना गरेका किशनलाई पाकिस्तानी बलर सइम अयुबले बोल्ड आउट गराएका हुन्। किशनले आफ्नो विस्फोटक पारीमा १० चौका र ३ छक्का प्रहार गर्दै १९२.५० को स्ट्राइक रेटमा रन जोडेका थिए।

पहिलो ओभरमै अर्का ओपनर अभिषेक शर्मालाई शून्य रनमा गुमाएको भारतलाई किशनले आक्रामक ब्याटिङमार्फत सम्हालेका थिए। किशन र तिलक वर्माबीच दोस्रो विकेटका लागि महत्वपूर्ण साझेदारी भएको थियो।

ताजा अवस्था अनुसार भारतले ८.४ ओभरमा २ विकेट गुमाएर ८८ रन बनाएको छ।

हाल क्रिजमा तिलक वर्मा ११ रन बनाएर खेलिरहेका छन् भने नयाँ ब्याटरका रूपमा कप्तान सूर्यकुमार यादव मैदान प्रवेश गर्ने तयारीमा छन्।

प्रकाशित: ३ फाल्गुन २०८२ १९:५९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App