१ जेष्ठ २०८३ शुक्रबार
image/svg+xml
खेल

आइपिएल : राजस्थान र लखनऊ भिड्दै

आइपिएल २०२६ को ३२ औं खेलमा बुधबार लखनऊ सुपर जायन्ट्स (एलएसजी) र राजस्थान रोयल्स (आरआर) बीच प्रतिस्पर्धा हुँदैछ। 

लखनऊको एकाना स्टेडियममा नेपाली समय अनुसार साँझ ७:४५ बजे यो खेल सुरु हुनेछ। यस मैदानमा यी दुई टोली दोस्रो पटक आमनेसामने हुन लागेका हुन्। यसअघि २०२४ मा भएको खेलमा राजस्थानले जित हात पारेको थियो।

यस खेलमा सबैको नजर १५ वर्षीय ओपनर वैभव सूर्यवंशीमाथि रहनेछ। उनी यस सिजनमा २० छक्का प्रहार गर्दै धेरै छक्का प्रहार गर्ने खेलाडीको सूचीमा दोस्रो स्थानमा छन्। उनले थप तीन छक्का प्रहार गरेमा नयाँ रेकर्ड बनाउनेछन्। हाल बेन्गलुरुका रजत पाटीदार २२ छक्कासहित पहिलो स्थानमा छन्।

लखनऊ र राजस्थानले अहिलेसम्म कुल छ खेल खेलेका छन्। हेड-टु-हेड तथ्यांक हेर्दा राजस्थानले चार खेल जितेर अग्रता लिएको छ भने लखनऊले दुई खेल मात्र जितेको छ। गत वर्ष खेलिएको एक मात्र खेलमा भने लखनऊले जित निकालेको थियो।

यसअघि मंगलबार भएको खेलमा अभिषेक बच्चनको शतकको मद्दतले सनराइजर्स हैदराबादले दिल्ली क्यापिटल्सलाई ४७ रनले पराजित गर्दै लगातार तेस्रो जित दर्ता गरेको थियो। 

राजीव गान्धी उप्पल रंगशालामा २४३ रनको लक्ष्य पछ्याएको दिल्लीले २० ओभरमा ९ विकेट गुमाएर १९५ रन मात्र बनाउन सक्यो। टस हारेर पहिले ब्याटिङ गरेको हैदराबादले २० ओभरमा २ विकेट गुमाएर २४२ रन बनाएको थियो।

प्रकाशित: ९ वैशाख २०८३ ११:३८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App