३० जेष्ठ २०८३ शनिबार
image/svg+xml
खेल

लुकाकु र डे ब्रुएनासहित बेल्जियमको विश्वकप टोली घोषणा, नयाँ अनुहार पार्दो पनि समावेश

बेल्जियमका मुख्य प्रशिक्षक रुडी गार्सियाले फिफा विश्वकप २०२६ का लागि २६ सदस्यीय अन्तिम टोली घोषणा गरेका छन्।

बेल्जियमले समूह ‘जी’ अन्तर्गत इजिप्ट, इरान र न्युजिल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ।

घोषित टोलीमा अनुभवी खेलाडी केभिन डे ब्रुएना, थिबाउट कोर्टुवा, थोमस मुनिएर, एक्सेल विट्सेल र रोमेलु लुकाकु समावेश छन्। बेल्जियमका सर्वाधिक गोलकर्ता लुकाकुले १२४ अन्तर्राष्ट्रिय खेलमा ८९ गोल गरेका छन्।

नापोलीबाट खेल्ने क्रममा चोटका कारण उनको सिजन प्रभावित बने पनि प्रशिक्षक गार्सियाले उनलाई विश्वकप टोलीमा स्थान दिएका हुन्। करिब एक वर्षदेखि राष्ट्रिय टोलीबाहिर रहेका लुकाकुसामु विश्वकपमा पुनः आफ्नो लय र गोल गर्ने क्षमता प्रमाणित गर्ने चुनौती रहनेछ।

प्रशिक्षक गार्सियाले गोलरक्षकतर्फ थिबाउट कोर्टुवा र सेन्ने लामेन्ससँगै स्ट्रासबर्गका युवा गोलरक्षक माइक पेन्डर्सलाई पनि टोलीमा समेटेका छन्।

यस्तै, फ्रान्सेली लिग–१ बाट अर्को नयाँ अनुहारका रूपमा माटियास फर्नान्डेज–पार्दोले पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाएका छन्। लिलका फरवार्ड पार्दोले यस सिजन उत्कृष्ट प्रदर्शन गरेका थिए। स्पेनबाट पनि खेल्न पाउने योग्यता भए पनि उनले बेल्जियमलाई रोजेका छन्।

प्रकाशित: १ जेष्ठ २०८३ २०:१८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App