नेपाली कांग्रेसलेकेन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको बैठक बोलाएको छ।
प्रतिष्ठानको बैठक जेठ ३ गते पार्टी केन्द्रीय कार्यालयमा बस्ने गरी तय गरिएको कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलाल जानकारी दिए। उनका अनुसार बैठक बिहान ११:३० बजेदेखि सुरु हुनेछ।
बैठकमा पार्टीका सभापति गगन थापाको पनि सहभागिता रहने भएकाले प्रतिष्ठानका पदाधिकारी तथा सदस्यहरूलाई उपस्थितिका लागि अनुरोध गरिएको दुलालले बताए।
उपसभापति विश्वप्रकाश शर्मा प्रमुख रहेको प्रतिष्ठानमा ३९ सदस्य रहेका छन्। प्रतिष्ठानले हाल प्रदेश तथा स्थानीय तह केन्द्रित प्रदेशस्तरीय भेला सञ्चालन गरिरहेको छ।
प्रकाशित: १ जेष्ठ २०८३ २०:२० शुक्रबार



-600x400.jpg)

